Section 6
प्रतिष्ठानको उद्देश्य
प्रतिष्ठानको उद्देश्य देहाय बमोजिम हुनेछ ः–
(क) स्थानीय विकास कार्यसंग सम्बन्धित स्थानीय तहका व्यक्तिहरूको लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने,
(ख) प्रशिक्षण केन्द्रद्वारा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रम सम्बन्धी अनुसन्धान गर्ने,
(ग) प्रशिक्षण केन्द्रद्वारा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमलाई बढी उपयोगी तुल्याउन तथा प्रशिक्षण सामग्री तयार गर्नको लागि समस्यामूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ।